birat ribon

कोरोना जित्ने संक्रमितको संख्या चार करोड ४० लाख नजिक

Neuro
कोरोना जित्ने संक्रमितको संख्या चार करोड ४० लाख नजिक

विराटनगर, १६ मंसिर । विश्वमा संक्रमण पुष्टि भएकामध्ये कोरोना जित्ने संक्रमितको संख्या चार करोड ४० लाख नजिक रहेको छ ।

विश्वमा हालसम्म छ करोड ३५ लाख ३८ हजार एक सय ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा चार लाख ५६ हजार सात सय ६६ नयाँ संक्रमित थपिए । जम्मा संक्रमितमध्ये चार करोड ३९ लाख २४ हजार नौ सय ६५ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोना जित्दै निको भएर संक्रमणमुक्त बनेपछि घर फर्किएका छन् ।

cura insider

विश्वमा हालसम्म कोरोनाका कारण १४ लाख ७२ हजार आठ सय २६ जनाको ज्यान गइसकेको छ । एकै दिन सात हजार छ सय ६७ जनाको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ । संक्रमितमध्ये एक करोड ८१ लाख ४० हजार तीन सय ४५ जना उपचाररत छन् । उपचाररतमध्ये एक लाख पाँच हजार चार सय चार जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमण पुष्टि भएकामध्ये ८१ लाख ९३ हजार सात सय ४१ जना निको भइसकेका छन् । ५४ लाख २९ हजार एक सय ५८ जना उपचाररत रहेका छन् । उपचाररतमध्ये २४ हजार नौ सय एक जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा हालसम्म एक करोड ३८ लाख ९७ हजार ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार सात सय ३१ नयाँ संक्रमित थपिए । दुई लाख ७४ हजार एक सय ३४ संक्रमितको मृत्यु भइसकेको छ । अमेरिकामा एकै दिन एक हजार ४० संक्रमितको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।

छिमेकी मुलुक भारतमा ८८ लाख ८७ हजार सात सय ४० संक्रमितले कोरोना जितिसकेका छन् । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा छ । चार लाख ३७ हजार तीन सय ५० जना उपचाररत रहेका छन् । ती मध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा हालसम्म ९४ लाख ६२ हजार सात सय ३९ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ३० हजार छ सय ६४ नयाँ बिरामी थपिए । कोरोनाका कारण ज्यान गुमाउनको संख्या एक लाख ३७ हजार छ सय ४९ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा चार सय ७२ जनाको मृत्यु भएको छ ।

वाल्डो मिटरका अनुसार ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये ५६ लाख एक हजार आठ सय चार जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किसकेका छन् । पाँच लाख ६० हजार नौ सय ५४ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

हालसम्म ब्राजिलमा ६३ लाख ३५ हजार आठ सय ७८ जनाका कोरोना देखिएको छ । एकै दिन २१ हजार एक सय ३८ नयाँ बिरामी थपिए । संक्रमणका कारण एक लाख ७३ हजार एक सय २० जनाको मृत्यु भइसकेको छ । २४ घण्टाभित्र दुई सय ७२ जनाको मृत्यु भयो । मृत्यु भएको संख्या केही दिनयताकै सबैभन्दा कम रहेको वाल्डो मिटरले जनाएको छ ।

jackson ribon