Rumpum Advertisement

अमेरिकी पाठ्यक्रममा बुद्धबारे गलत विवरण सच्याइयो

अमेरिकी पाठ्यक्रममा बुद्धबारे गलत विवरण सच्याइयो

विराटनगर, १५ मंसिर । अमेरिकी पाठ्यक्रममा शान्तिका अग्रदूत गौत बुद्धबारे गलत विवरण सच्याइएको छ ।

न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको हो ।

नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण सच्याएको हो ।

समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो ।

समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दीगो विकास र समृृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने संकल्प गरे ।