Rumpum Advertisement

सरकार र पार्टीको नेतृत्त्व गर्न दोस्रो पुस्ता तयार छ : मन्त्री पुन

सरकार र पार्टीको नेतृत्त्व गर्न दोस्रो पुस्ता तयार छ : मन्त्री पुन

रोल्पा, १५ मंसिर । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्त्व गर्न तयार रहेको बताएका छन् ।

रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताए ।

यसैगरी उनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताए ।

‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नु पर्दैन । पार्टीलाई थप बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ ।’

‘दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ,’ उनले थपे ।