Rumpum Advertisement

विश्वराज पोखरेल एआइजी बढुवामा सिफारिस

विश्वराज पोखरेल एआइजी बढुवामा सिफारिस

काठमाडौं, १५ मंसिर । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार साँझ गृह मन्त्रालयमा बसेको गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बढुवा समितिले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

२८ कात्तिकमा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप गरेको थियो ।  उनलाई नै बढुवा गर्न सरकारले एआइजीको दरबन्दी थप गरेको थियो ।

गृह मन्त्रालयको प्रस्तावविना नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रस्तावमा दरबन्दी थप भएको थियो । यो बढुवा सिफारिससँगै खाली भएका रिक्त दरबन्दी पूर्तिको बाटो खुलेको छ ।

सरकारले ४ मंसिरमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी प्रहरी किताबखानामा दर्ता गरेको थियो ।

नेपाल प्रहरीभित्र एआईजीको बढुवामा पर्नेमा डीआईजी पोखरेल एक्ला उम्मेदवार हुन् । अरुभन्दा एक वर्ष सिनियर रहेका कारण उनी बढुवा हुने सम्भावना बढी छ ।