Rumpum Advertisement

रिङ रोड र रेल्वेको कामले चाँडै गति लिनेछ : मन्त्री घिमिरे

रिङ रोड र रेल्वेको कामले चाँडै गति लिनेछ : मन्त्री घिमिरे

विराटनगर, १५ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वेको कामले गति लिने बताएका छन् ।

कटहरी १ को जेएम युवा क्लवको २४औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गति लिने बताए ।

मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अव निर्माणले चाँडै गति लिने मन्त्री घिमिरेले बताए । मुआव्जाको विवाद समाधानतर्फ गएको बताउँदै उनले रिङ रोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने बताए ।

मोरङको कटहरीले इतिहासमा अहिलेसम्म नपाएको बजेट पाइरहेको बताउँदै मन्त्री घिमिरेले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन बर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेका छन् ।’

तीन वर्षको अवधिभित्रमा कटहरीको विकासले गति लिएको मन्त्री घिमिरेले बताए ।