Rumpum Advertisement

गायक प्रकाश सपुतको नयाँ गीत ‘फुटेका चुरा’ सार्वजनिक (भिडियोसहित)

Neuro
गायक प्रकाश सपुतको नयाँ गीत ‘फुटेका चुरा’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १५ मंसिर । प्रकाश सपुत नेपाली गीत संगीतमा सबैभन्दा चर्चित नाममध्ये एक हो । उनको गीतहरू नसुन्ने सायद कमै होलान् । आफ्नो दर्शक–स्रोतासामु फरक–फरक शैलीका गीत ल्याइरहने गायक सपुतको नयाँ गीत सार्वजनिक भएको छ ।

गायिका अनिता चलाउनेको सहकार्य रहेको गीत ‘फुटेका चुरा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सपुत स्वयंमको शब्द तथा संगीत रहेको छ ।

’फुटेका चुराले हातै काटेको, मायाका कुराले रातै काटेको’ बोलको गीतको भिडियोलाई गायक प्रकाश सपुत आफैँले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा नम्रता श्रेष्ठ ‘रानी’ को भूमिकामा छिन् भने सपुत ‘सिपाही’को भूमिकामा छन् । नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियो कविता नेपाल र गायिका चलाउनेसँगै निरज पन्थी पनि प्रस्तुत छन् ।