birat ribon

कोसी अनलाइनको सम्पादकीय नेतृत्वमा पत्रकार गुरागाई

Neuro
कोसी अनलाइनको सम्पादकीय नेतृत्वमा पत्रकार गुरागाई

विराटनगर, १५ मङ्सिर । कोसी अनलाइन न्युज पोर्टलको सम्पादकीय नेतृत्वमा पत्रकार सुविद गुरागाई नियुक्त भएका छन् ।

सोमबार विराटनगरमा आयोजित विशेष समारोहमा रिपब्लिक हेराल्ड मिडिया एन्ड पब्लिकेसन प्रालिका अध्यक्ष प्रभात खड्काले गुरागाईलाई ढाकाको खादा तथा बुके दिएर अनलाइनको सम्पादकीय नेतृत्वमा स्वागत गरे ।

cura insider

सो अवसरमा बोल्दै अध्यक्ष खड्काले कोसी अनलाइनलाई धेरैभन्दा धेरै मान्छेले पढ्ने, हेर्ने, बुझ्ने सञ्चारमाध्यम बनाउने संस्थाको उद्देश्यमा पत्रकार गुरागाईलाई जोड्न पाएकोमा खुसी व्यक्त गरे ।

संस्थाका प्रबन्ध निर्देशक महानन्द सापकोटाले सम्पादक गुरागाईको नेतृत्वमा जोडिएर कोसी अनलाइन व्यावसायिक पत्रकारिताको विशेष पाटोमा प्रवेश गरेको आसय व्यक्त गरे ।

सम्पादकीय जिम्मेवारी स्वीकार गर्दै पत्रकार गुरागाईले आफ्नो नेतृत्वको टिमले थप जवाफदेही भएर सकारात्मक परिवर्तनको अवधारणालाई अभियानका रूपमा अघि बढाउने र मौलिक सामग्रीलाई प्राथमिकता दिने नीति लिने बताए ।

२०४५ सालदेखि नेपाली पत्रकारितामा सक्रिय गुरागाईले नेपाल समाचारपत्र, राजधानी, नागरिकलगायत दैनिक समाचारपत्रसँग आबद्ध भई सम्पादकीय अनुभव आर्जन गरेका छन् ।

केही दिनअघि श्रमजीवी पत्रकारका पक्षमा पाँच दिने सत्याग्रहमा बसेका पत्रकार गुरागाई व्यावसायिक पत्रकारिता तथा सकारात्मक सोधीखोजीका सामाजिक अभियन्ता पनि हुन् ।

त्यसैगरी, कोसी अनलाइनले जनवरीदेखि सुरु गर्न लागेको अङ्ग्रेजी संस्करणको सम्पादकमा गिरिजाकुमार भट्टराई नियुक्त भएका छन् । अङ्ग्रेजी विषयमा स्नातकोत्तर भट्टराई पत्रकारिता तथा लेखनमा एक दशकअघिदेखि क्रियाशील छन् ।

jackson ribon

प्रतिक्रिया

  1. बधाई छ दाजुलाई । अब च्या पिम्नुपर्च ।

Comments are closed.