Rumpum Advertisement

‘सिरी ‘ए’को उपाधि इन्टरले जित्छ’

‘सिरी ‘ए’को उपाधि इन्टरले जित्छ’

विराटनगर, १५ मंसिर । इटालियन क्लब नापोलीका प्रमुख प्रशिक्षक जेनारो गाट्टुसोले सिरी ‘ए’को उपाधि इन्टर मिलानले जित्ने बताएका छन् ।

हाल अंक तालिकामा एसी मिलान शीर्ष स्थानमा रहेपनि लिगको उपाधि इन्टरले जित्नेमा गाट्टुसो विश्वस्त छन् ।

हाल सिरी ‘ए’को अंक तालिकामा मिलान २३ अंकका साथ शीर्ष स्थानमा छ भने इन्टर १८ अंकसहित दोस्रो स्थानमा छ । साविकको विजेता युभेन्टस भने १७ अंकका साथ चौथो स्थानमा छ ।

१७ अंक नै भएको नापोली भने पाँचौं स्थानमा छ । चारै टोलीले समान ९–९ खेल खेलेका छन् । इन्टरका लागि धेरै विकल्प रहेको उल्लेख गर्दै गाट्टुसोले इन्टर सिरी ‘ए’ को हकदार रहेको बताए ।

‘उनीहरू क्षमतावान छन्, शारीरिक रूपमा बलिया पनि छन् । र, उनीहरूसँग धेरै विकल्प पनि उपलब्ध छ । यसैले इन्टरले सिरी ‘ए’को उपाधि जित्नेछ । त्यसपछि युभेन्टस छ, जो जित्नका लागि अभ्यस्त छ,’ उनले भने ।

प्रतिक्रिया

Comments are closed.