Rumpum Advertisement

ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ युटुबमा (फिल्मसहित)

ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ युटुबमा (फिल्मसहित)

विराटनगर, १५ मंसिर । ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ युटुबमा रिलिज भएको छ ।

२०७५ चैत १५ गते देशभरिको सिनेमा हलमा रिलिज भएको फिल्म ‘शुभ लभ’ ले चर्चा बटुले पनि सोचेजस्तो दर्शक बटुल्न सकेको थिएन । गायक निशान भट्टराई र गायिका मीना सिंहको आवाजमा रहेको फिल्मको शीर्ष गीतले गर्दा पनि फिल्मले राम्रो चर्चा पाएको थियो तर फिल्मको ट्रेलरले दर्शकलाई हलसम्म तान्न सकेन ।

प्राय लभस्टोरीवाला फिल्महरुको ट्रेलरमा राखिएको डाइलगले नै दर्शक मख्ख पर्ने गर्छन् तर शुभ लभको ट्रेलरमा राखिएको सम्वादहरुकै कारण फिल्म ट्रोलको सिकार बन्न पुगेको थियो ।

हलमा रिलिज भएको लगभग डेढ वर्षपछि फिल्म ‘शुभ लभ’ युटुबमा रिलिज भएको छ । फिल्ममा ज्योतिष हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलको प्रेम, वियोग र युद्धको कथालाई देखाइएको छ ।

प्रदीपकुमार उदयको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदीप बास्तोला, सूर्या थापालगायत कलाकारको अभिनय रहेको छ ।

धर्मराज शर्मा सुवेदीद्वारा निर्मित चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अभिमन्यू निरबीको पटकथा तथा सम्वाद, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।