विराटनगर, १५ मंसिर । नेपालमा सोमबार थप १४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।
यसैगरी आज थप १९ सय ३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख १४ हजार ५२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय ८ पुगेको छ ।