Rumpum Advertisement

सरकारी छाप कीर्ते मुद्दाका फरार पक्राउ

Neuro
सरकारी छाप कीर्ते मुद्दाका फरार पक्राउ

विराटनगर, १५ मंसिर । सरकारी छाप दस्तखत कीर्ते गरी फरार रहेका विराटनगर–९, कलेज रोडका राजेन्द्रप्रसाद सेडाई पक्राउ परेका छन् ।

जिल्ला अदालत मोरङले तीन वर्षअघि सरकारी छाप दस्तुर कीर्ते मुद्दामा ५० रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय तोकेको फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका सेडाईलाई आइतबार मोरङ प्रहरीले उनको आफ्नै पसलबाट पक्राउ गरेको हो ।