Rumpum Advertisement

मधुमेह रोगीले यी चार फलफूल खानुअगाडि सावधान हुनुपर्ने

Neuro
मधुमेह रोगीले यी चार फलफूल खानुअगाडि सावधान हुनुपर्ने

विराटनगर, १५ मंसिर । अधिकांश मनिस टाइप २ मधुमेहबाट पीडित छन् ।

मधुमेह रोगीले शरीरमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न नसक्नुको सबैभन्दा मुख्य कारण भनेको दैनिक खाइने आहारमा ध्यान दिन नसक्नु नै हो । त्यसैले, मधुमेह रोगीहरूले रगतमा चिनीको मात्रामा हुने स्पाइक रोक्नका लागि दैनिक खाने आहारको ख्याल राख्नु पर्छ । रगतमा चिनीको मात्रा स्वस्थ सीमामा राख्न पन्क्रियाजद्वारा इन्सुलिन उत्पादन गरिन्छ ।

जब यो कार्य प्रभावित हुन्छ, रगतमा चिनीको मात्रा बढ्न जान्छ जसले शरीरका अन्य भागलाई असर गर्न सुरु गर्छ । शरीरमा पर्याप्त इन्सुलिन उत्पादन नहुने हुँदा वा इन्सुलिनलाई कोषले अवशोषित गर्ने हुँदा केही खाद्यान्नको सेवन उच्च गरेमा रगतमा चिनीको मात्रा बढ्न गई खतरा हुनसक्छ ।

जब कि मधुमेह रोगीले सधैं मानसिकरूपमा के खाने वा नखाने भनेर हिसाब गरिरहेका हुन्छन् । तर, मधुमेह रोगी, विशेष गरी टाइप २ मधुमेह रोगीले ४ फलफूल खानेबारे सावधान हुनुपर्छ । टाइप २ मधुमेह रोगीले आँप, भुइँकटहर, खरबुजा र केराको सेवनबाट टाढा रहनुपर्छ । यी चार फल चिनीले भरिएको हुने हुँदा यिनीहरूको सेवनले शरीरमा चिनीको मात्रा बढ्ने सम्भावना अधिक रहन्छ । यी फलहरूको सेवन गरे पनि निकै कम मात्रामा सेवन गर्नुपर्ने हुन्छ ।

कार्बस् शरीरभित्र चिनीमा परिणत हुने हुँदा यसले पनि चिनीको स्तर बढाउन सक्छ । त्यसैले, चिनीमा समृद्ध फलबाहेक, कार्बोहाइड्रेटको सेवनलाई पनि ध्यान दिन महत्वपूर्ण हुन्छ । मधुमेह रोगीले धेरैजसो ताजा फलफूल र तरकारीको सेवनमा ध्यान केन्द्रित गर्नुपर्छ । चेरी, पीच, एप्रिकट, स्याउ, सुन्तला, नासपाती र किबी मधुमेह रोगीले खान सक्ने केही फल हुन् । मधुमेह रोगीले खानपानको साथै नियमित व्यायाममा पनि ध्यान पु¥याउन आवश्यक हुन्छ ।