Rumpum Advertisement

धरानमा खुल्यो ‘टाइसन रियलस्टेट’

धरानमा खुल्यो ‘टाइसन रियलस्टेट’

धरान, १५ मंसिर । धरानमा टाइसन रियलस्टेट सञ्चालनमा आएको छ ।

सोमबार धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले रियलस्टेट कम्पनीको समुद्घाटन गरेकी हुन् । धरान उपमहानगरपालिकामा विधिवतरुपमा दर्ता भई सञ्चालनमा आएको पहिलो रियलस्टेट कम्पनी हो ‘टाइसन रियलस्टेट’ ।

धरान–१५ स्थित भानुमार्गमा मुख्य कार्यालय स्थापना गरी सोनाहाङ राईले रियलस्टेट व्यवसाय सुरु गरेका हुन् । ‘कम्पनीले घरजग्गा खरिद–बिक्रीको कारोबार गर्न विभिन्न एजेन्टहरुलाई पनि अवसर दिनेछ,’ अध्यक्ष राईले भने ।