Rumpum Advertisement

आईसीसी वरीयतामा नेपाल यथावत

Neuro
आईसीसी वरीयतामा नेपाल यथावत

काठमाडौं, १५ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ ।

आईसीसीले आइतबार सार्वजनिक गरेको एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको हो ।

एकदिवसीयतर्फ १८ रेटिङ पाएको नेपाल १६औं स्थानमा छ भने टी–ट्वान्टीतर्फ १५औं स्थानमा छ । नेपालले टी–ट्वान्टीमा १८० रेटिङ पाएको छ ।

एकदिवसीयतर्फ शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्यूजिल्याण्ड छ । यस्तै टी–ट्वान्टीको नयाँ वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा छ भने दोस्रोमा इंग्ल्यान्ड तथा तेस्रो स्थानमा भारत छ ।