Rumpum Advertisement

बेन्जेमा च्याम्पियन्स लिग खेल्ने रियलको टोलीमा

बेन्जेमा च्याम्पियन्स लिग खेल्ने रियलको टोलीमा

विराटनगर, १५ मंसिर । फ्रेन्च फरवार्ड करिम बेन्जेमा च्याम्पियन्स लिग खेल्ने रियल मड्रिडको टोलीमा फर्किएका छन् । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति हुने युक्रेनी क्लब शख्तर डोनेस्कसँग खेल्दैछ ।

समूह चरणको पाँचौं खेलमा रियलले शख्तरसँग उसैको मैदानमा खेल्दैछ । सो खेल भोलि राति ११ः४० बजेबाट सुरु हुनेछ । रियल समूह ‘ई’को दोस्रो स्थानमा छ । उसले चार खेलबाट ७ अंक जोडेको छ ।

रियलका स्ट्राइकर बेन्जेमाले चोटका कारण तीन खेल गुमाएका थिए । चोटमुक्त हुँदै बेन्जेमा आइतबारबाट प्रशिक्षणमा फर्किएका हुन् । आइतबार नै रियलका प्रशिक्षक जिनेदिन जिदानले बेन्जेमालाई च्याम्पियन्स लिग खेल्ने टोलीमा समावेश गरेका हुन् ।

अब रियलका लागि निर्णायक हुनसक्ने सो खेलमा बेन्जेमाले खेल्ने अपेक्षा गरिएको छ । रियलले २१ सदस्यीय टोली घोषणा गर्दा कप्तान सर्जियो रामोसका साथै डेनी कार्भजल र अल्भारो ओड्रिजोलालाई राखेको छैन ।

त्यसबाहेक इडेन हाजार्ड पनि चोटका कारण टोलीमा परेका छैनन् ।