Rumpum Advertisement

ओलम्पियन दीपक कोरोना संक्रमणमुक्त

ओलम्पियन दीपक कोरोना संक्रमणमुक्त

विराटनगर, १५ मंसिर । ओलम्पियन दीपक विष्ट कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । तेक्वान्दोका कीर्तिमानी खेलाडीसमेत रहेका विष्टले सोमबार सामाजिक सञ्जालमार्फत् आफू कोरोना भाइरस संक्रमणबाट मुक्त भएको जानकारी दिए ।

१४ दिनको होम आइसोलेशनपछि कोरोनामुक्त भएको बताउँदै दीपकले फेसबुकमा लेखेका छन्, ‘कोरोनामाथि जित सम्भव छ । कोरोनाको कुनै औषधि बनिनसकेको छैन । त्यसकारण आफ्नो पूरा ख्याल राख्ने, नियमित व्यायाम, खानपान, सकारात्मक सोच राख्नु नै यसबाट मुक्त हुने उपाय रहेको अनुभव गरेँ’,उनले लेखेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वअध्यक्ष समेत रहेका दीपकले बिहीबार आफूसहित परिवारको छ जनामा कोरोना संक्रमण देखिएको बताएका थिए ।

दीपकलाई ३ कात्तिकमा र त्यसको दुई दिनपछि आयशालाई कोरोना पुष्टि भएको थियो । आयशा भने अगाडि नै कोरोनामुक्त भइसकेकी थिइन् ।

त्यसअघि दीपकका बाबु, आमा, भाइबुहारीलाई पनि कोरोना संक्रमण भएको थियो । उनीहरू चारै जना कोरोना संक्रमणबाट मुक्त भइसकेका थिए ।