birat ribon

लकडाउन खुल्यो तर खुलेन रानी-विराटनगर यातायात, दुई सयको रोजगारी गुम्यो

Neuro
लकडाउन खुल्यो तर खुलेन रानी-विराटनगर यातायात, दुई सयको रोजगारी गुम्यो

मोहन ढकाल

cura insider

विराटनगर, १५ मंसिर । सीमावर्ती क्षेत्र रानीबाट बुढीगंगा गाउँपालिकाका टंकीसिनवारीसम्म सञ्चालन हुँदै आएका बस थन्किएका छन् । कोरोना महामारीका कारण गत ११ चैतबाट लकडाउन सुरु भएयता थन्किएका हुन् ।

लगडाउनसँगै नाकामा थन्किएका बस नाका नखुल्दा सञ्चालनमा नआएका हुन् । नौं महिनायता बस सेवा बन्द हुँदा व्यवसायीले लाखौंको नोक्मसानी भोग्नु परेको छ ।

रानीदेखि टंकीसिनवारीसम्म ६५ वटा बस सञ्चालन हुँदै आएका थिए । ती बसमा दुई सयजनाले रोजगारी पाएका थिए । तर अहिले सबैको रोजगारी गुमेको छ ।

बसमा काम गरेर परिवार चलाइरहेका कतिपयले दैनिक ज्याला मजदुरीका काम गर्न थालेका छन् भने धेरै बेरोजगार अवस्थामा छन् ।

रानी–विराटनगर सडक खण्डमा बस सञ्चालन गर्दै आएका सुदर्शन रायका अनुसार लामो समयदेखि राखिएका कारण सबै गाडी खराब भएका छन् । ‘अब गाडी बनाएर चलाउन सक्ने अवस्था एकदमै न्युन छ,’ उनले भने, ‘लामो समयदेखि राखिएका कारण कतिपय गाडीको इन्जिनमा समस्या छ ।’

उनले गाडीको किस्ता तिर्न नसकेको गुनासो गरे । ‘गाडीको किस्ता तिर्न नसकेको अवस्थामा छ,’ उनले भने, बैंकले बारम्बार ताकेता गर्छ, हाम्रो समस्या कसले बुझिदिने ।’

दुई सयको रोजगारी गुमेको अवस्थामा उनीहरुको परिवारको अवस्था पनि समस्यामा रहेको उनले बताए । नाका खुला नगरेसम्म आफूहरुले बस सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले बताएका छन् ।

चैतयता बाटोमा नै सवारी राखेका कारण कतिपय गाडीको टायर र ब्याट्री चोरी भइसकेको उनीहरुले बताए । रातको समयमा गाडीको टायर र ब्याट्री चोरी हुने गरेको व्यवसायीले गुनासो गरे ।

जोगवनी नाका बन्द अवस्थामा रहेका कारण वैधानिकरुपमा भारतीय बजारमा किनमेल गर्न जान पाउँदैनन् । किनमेल गर्न जानेहरु चोरबाटो प्रयोग गर्छन् ।

‘मुख्य नाकाबाहेकका खुला नाकाबाट दैनिक हजारौंको संख्यामा मानिस ओहोरदोहोर गरिरहेका छन्,’ नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य राजेशकुमार गुप्ताले भने, ‘तर यता यात्रु नपाएर बस व्यवसायी मारमा परेका छन् ।’

न्यूनतम मापदण्ड पूरा गर्दै सावधानी अपनाएर मुख्य नाका खोल्न तीनै तहको सरकारले ध्यान नदिएको उनको गुनासो छ । ‘खुला सीमाबाट भइरहेको आवतजावतलाई रोकेर मापदण्डका साथ सीमा खुला गर्न आवश्यक छ,’ उनले भने, ‘जसका कारण भारतीय बजारमा किनमेल गर्न जाने सर्वसाधारणले चोर बाटो प्रयोग गर्दैनन्, व्यवसायीलाई पनि सहज हुनेछ ।’

jackson ribon