Rumpum Advertisement

‘कृष्णलीला’को छायांकन सुरु

Neuro
‘कृष्णलीला’को छायांकन सुरु

विराटनगर, १५ मंसिर । दीपक ओली निर्देशित फिल्म ‘कृष्णलीला’को हाल इलामका विभिन्न रमणीय स्थलमा छायांकन भइरहेको छ । पुष्प खड्का र श्रद्धा श्रेत्री स्टारर फिल्म ‘कृष्ण–लीला’ को गत शुक्रबारबाट छायांकन सुरु भएको हो ।

सामाजिक सञ्जालमार्फत् छायांकनका केही दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेका छन् । हाल फिल्मको पहिलो रोमान्टिक गीतको छायांकन भइरहेको छ । ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीतमा अन्जु पन्त र सुगम पोखरेलको आवाज रहेको छ । सो गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म ‘कृष्णलीला’मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

पूर्वी नेपालको झापाबाट सुटिङ थालिएको फिल्मको युनिट हाल इलामको पानीटार पुगेका छन् । त्यहाँ गीतको छायांकन सम्पन्न गरी फिल्मको बाँकी दृश्य खिच्न थालिने निर्माण टिमले जनाएको छ । फिल्मलाई प्रकाश कार्की र केवल तामाङले निर्माण गर्दै छन् ।