Rumpum Advertisement

ट्याक्टरले किचेर चालकको मृत्यु

ट्याक्टरले किचेर चालकको मृत्यु

विराटनगर, १५ मंसिर । मोरङको ग्रामथान गाउँपालिका–१ स्थित सिंघीया खोलाको गोकुवा पुलमा सोमबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर को १ त ८८१३ नम्बरको ट्याक्टरका चालकको ज्यान गएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अन्दाजी ३५/४० वर्षीय मृतकको पहिचान खुलेको छैन ।

पूर्वतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भएर बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरले किचेर मृत्यु भएको अवस्थामा एक घण्टाभन्दा बढी समय लगाएर प्रहरीले शव बाहिर निकालेको थियो ।

शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । घटनास्थलमा ठूलो संख्यामा भेला भएका स्थानीय बासिन्दाले पनि मृतक चालकलाई आफूहरुले नचिनेको बताएका छन् ।