Rumpum Advertisement

न्युरो अस्पतालमा संक्रमित महिलाको मृत्यु

न्युरो अस्पतालमा संक्रमित महिलाको मृत्यु

विराटनगर, १५ मंसिर । विराटनगरको न्युरो अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको सोमबार बिहान मृत्यु भएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको बिहान ८ बजेतिर ज्यान गएको हो । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको आचार्यले बताए ।

गम्भीर अवस्थामा भर्ना गरिएकी महिलाको उपचारकै क्रममा ज्यान गएको जानकारी उनले दिए । महिलामा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या रहेको अस्पतालले जनाएको छ ।