birat ribon

३९६ स्थानीय तहमा अस्पताल शिलान्यास आज

Neuro
३९६ स्थानीय तहमा अस्पताल शिलान्यास आज

विराटनगर, १५ मंसिर । सरकारले एकै साथ तीन सय ९६ स्थानीय तहमा अस्पताल शिलान्यास गर्दैछ ।

सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा बिस्तार गर्ने योजनासहित सरकारले आज ३९६ स्थानीय तहमा ५ देखि १५ शैय्यासम्मका अस्पताल शिलन्यास गर्न लागेको हो । सरकारले आजै सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्नेछ ।

cura insider

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पतालको शिलन्यास गर्नेछन् ।

नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने बताइएको छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा भएको छ ।

नेपालका ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।

jackson ribon