Rumpum Advertisement

क्लासिक टेककाे आक्रामक सेवा विस्तार

क्लासिक टेककाे आक्रामक सेवा विस्तार

विराटनगर, १५ मंसिर । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले आक्रामक रूपमा सेवा विस्तार गरेको छ । पछिल्लो एक वर्षमा कम्पनीले आक्रामक सेवा विस्तार गरेको हो ।

कम्पनीले २०७६ को भदौ यताको एक वर्षमा मात्रै १५६ प्रतिशतभन्दा बढी ग्राहक थपेको हो । आक्रामक सेवा बिस्तार गर्ने दोस्रो कम्पनी सुबिसु हो । सुबिसुको बृद्धि ७७.०३ प्रतिशत रहेको छ ।

क्लासिक टेकले ६९ हजार ५७ ग्राहक बढाउँदै आफ्नो कूल ग्राहक आधार एक लाख १३ हजार २५० बनाएको छ । दोस्रो स्थानमा रहेको सुबिसुले विगत एक वर्षमा ६६ हजार ७४२ ग्राहक थपेको बताइएको छ ।

क्लासिक टेक नेपालमा ठूला इन्टरनेट सेवाप्रदायकको सूचीमा पाँचौं स्थानमा छ । ठूला पाँच वटा इन्टरनेट कम्पनीमा आफ्नो ग्राहक आधार विस्तारमा नेपाल टेलिकम सबैभन्दा कमजोर छ ।

२०७६ भदौंदेखि २०७७ भदौसम्मको अवधिमा टेलिकमले केवल ८.८३ प्रतिशतले मात्रै आफ्नो ग्राहक बढाउन सकेको छ ।

ग्राहक विस्तारमा भायनेट र वर्ल्डलिङ्क क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।