Rumpum Advertisement

युनाइटेडको कठिन जित

Neuro
युनाइटेडको कठिन जित

विराटनगर, १५ मंसिर । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ । आइतबार राति युनाइटेडले साउथह्याम्पटनमाथि ३–२ गोलको जित निकालेको हो ।

साउथह्याम्पटनको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको २३औं मिनेटमा जान बेडनरेकले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए ।

३३औं मिनेटमा जेम्स वार्ड–प्रजले गोल गरेपछि पहिलो हाफभरि साउथह्याम्पटनले २–० गोलको अग्रता बनायो ।

खेलको ६०औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे । ७४औं मिनेटमा इडिन्सन काभानीले गोल गरेपछि युनाइटेड बराबरीमा फर्कियो ।

यस्तै काभानीले इन्ज्युरी समयमा गोल गर्दै युनाइटेडलाई जिताए ।

जितसँगै युनाइटेड आठौं स्थानमा उक्लिएको छ । उसले १६ अंक जोडेको छ । साउथह्याम्पटन भने १७ अंकका साथ पाँचौं स्थानमा छ ।