Rumpum Advertisement

कुरिलो किलोकै ५ हजार

Neuro
कुरिलो किलोकै ५ हजार

विराटनगर, १५ मंसिर । कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ पुगेको छ ।

मागमा भएको अत्यधिक बुद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो । अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउदै व्यापारीले अस्वाभानिक मूल्य लिन थालेका हुन् ।

कुुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय धेष्ठने भने, बजारमा पाइने कुरिलो काठमाडौंभित्रको हो । थोरै आउँछ, एकैछिनमा बिक्री हुन्छ । समितिको तथ्यांकअनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० ३ सय ५० रुपैयाँ थियो ।

ढुंगाना एग्रिकल्चर फार्मका सञ्चालक समर्थन ढुंगानाले बजारमा अभाव भएकै कारण बढी मूल्य परेको बताए । यसमा औषधिको मात्रा बढी हुन्छ । सुत्केरीलाई खुवाउने गरिन्छ । त्यह िभएर माग धेरै छ । ढुंगानाका अनुसार माग धेरै र अफ सिजनमा आपूर्ति कम भएकाले मूल्य बढेको हो । कान्तिपुर दैनिकमा समाचार छ