birat ribon

विश्वमा एक करोड ८० लाख बढी सक्रिय संक्रमित

Neuro
विश्वमा एक करोड ८० लाख बढी सक्रिय संक्रमित

विराटनगर, १५ मंसिर । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ८० लाख बढी रहेको छ ।

हालसम्म छ करोड ३० लाख ४७ हजार छ सय ९७ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन चार लाख ९० हजार छ सय ७९ नयाँ संक्रमित थपिए । संक्रमितमध्ये चार करोड ३५ लाख २६ हजार चार सय ३० जना निको भएर घर फर्किसकेका छन् ।

cura insider

निको हुन बाँकी र सक्रिय संक्रमितको संख्या भने एक करोड ८० लाख ५६ हजार पाँच सय २९ रहेको छ । सक्रिय संक्रमितमध्ये एक लाख पाँच हजार तीन सय ७६ जनाको अवस्था गम्भीर छ । विश्वमा कोरोनाका कारण हालसम्म १४ लाख ६४ हजार सात सय ३८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र सात हजार एक सय ९२ संक्रमितको ज्यान गएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा सक्रिय संक्रमितको संख्या ५३ लाख ६९ हजार दुई सय चार रहेको छ । ती मध्ये २४ हजार छ सय ५५ जनाको अवस्था चिन्ताजनक छ । हालसम्म अमेरिकामा एक करोड ३७ लाख ४२ हजार छ सय ९९ जनामा कोरोना पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ३० हजार चार सय ८३ नयाँ बिरामी थपिए । कोरोनाका कारण अमेरिकामा दुई लाख ७३ हजार ४८ जनाको मृत्यु भइसकेको छ । एकै दिन सात सय ९५ संक्रमितले ज्यान गुमाए । संक्रमितमध्ये ८१ लाख चार सय ४७ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु निको भएर कोरोनामुक्त हुँदै घर फर्किका छन् ।

छिमेकी मुलुक भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ४८ हजार छ सय ७५ रहेको छ । सक्रियमध्ये आठ हजार नौ सय ४४ संक्रमितको अवस्था गम्भीर छ । हालसम्म भारतमा ९४ लाख ३२ हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । एकै दिन ३९ हजार नयाँ संक्रमित थपिए ।

कोरोनाका कारण एक लाख ३७ हजार एक सय ७७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा चार सय ४४ जनाको मृत्यु भयो । संक्रमितमध्ये ८८ लाख ४६ हजार एक सय ८७ जना निको भएर घर फर्किएका छन् ।

ब्राजिलमा सक्रिय संक्रमितको संख्या पाँच लाख ६३ हजार सात सय ८९ पुगेको छ । ती मध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक रहेको छ । एकै दिन २४ हजार चार सय ६८ नयाँ बिरामी थपिएपछि जम्मा संक्रमितको संख्या ६३ लाख १४ हजार सात सय ४० पुगेको छ ।

कोरोनाका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या एक लाख ७२ हजार आठ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ९६ जनाको मृत्यु भयो । ब्राजिलमा एक दिनमा ज्यान गुमाउने संक्रमितको संख्या यसअघिको दैनिक संख्याभन्दा निक्कै कम हो । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये हालसम्म ५५ लाख ७८ हजार एक सय १८ जना उपचारपछि निको भएका छन् ।

jackson ribon