Rumpum Advertisement

डेन्टिस्टकोमा जान नसकेको बेला यसरी दाँतलाई स्वस्थ राख्न सकिन्छ

Neuro
डेन्टिस्टकोमा जान नसकेको बेला यसरी दाँतलाई स्वस्थ राख्न सकिन्छ

विराटनगर, १४ मंसिर । दाँतको स्वास्थ्यको राम्रोसँग हेरचाह नगरेमा गिजाबाट रगत आउने, दाँत दुख्ने तथा सास गन्हाउने जस्ता समस्या हुन सक्छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण धेरै मानिसहरू नियमित दाँतको जाँच गर्नका लागि जान सकेका छैनन् । त्यसैले दाँतलाई स्वस्थ राख्न केही सजिलो तरिका र घरेलु उपचार अपनाउन सकिन्छ ।

सबैभन्दा पहिला दाँतलाई सफा र बलियो राख्नका लागि दिनको दुई पटक २ मिनेटसम्म दाँत राम्रोसँग ब्रस गरेर डेन्टल फ्लस प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ ।

हतारमा दाँत माझ्नाले गिजा वरपरका टिशू च्यात्तिने र सास गनाउने समस्या हुन सक्छ । यी समस्याहरूबाट बच्न, ब्रस गर्न मात्र नभइ सही तरिकाले ब्रस गर्नसिक्नु महत्त्वपूर्ण हुन्छ ।

जिब्रो सफा गर्नु दाँत माझ्नु जत्तिकै महत्त्वपूर्ण हुन्छ । यस महत्त्वपूर्ण चरणलाई बेवास्ता गर्नाले जिब्रोमा एक तह निर्माण हुन सक्छ, जसको परिणामस्वरूप खराब गन्ध र अन्य स्वास्थ्य समस्या निम्तिन्छ ।

टुथब्रस वा जिब्रो स्क्र्यापरको प्रयोग गरेर जिब्रो बिस्तारै सफा गर्न सकिन्छ । ब्रश गरिसकेपछि माउथवासको साथ कुल्लाले गर्नाले दाँतलाई सेतो बनाउन र मुखबाट ब्याक्टेरियालाई हटाउन मद्दत गर्छ ।

यसले सुरुआती अवस्था रहेका गिजाको रोगलाई कम गर्न मद्दत गर्छ । पर्याप्त मात्रामा पानी पिउनु दाँत स्वास्थ्यसहित सम्पूर्ण शरीरको लागि महत्त्वपूर्ण हुन्छ ।

पर्याप्त तरल पदार्थको सेवनले मुख सफा भएर हानिकारक ब्याक्टेरियालाई हटाउन मद्दत गर्छ । साथै, ¥यालको उत्पादनलाई बढावा दिएर दाँत क्षति हुने जोखिम कम गर्छ ।

भिटामिन सीमा हुने एन्टिआक्सीडेन्ट गुणले गिजालाई स्वस्थ र दाँत बलियो राख्न मद्दत गर्छ । टमाटर, अमला, सुन्तलालगायतका भिटामिन ‘सी’युक्त ताजा फलफूलको नियमित सेवनले दाँतलाई स्वस्थ राख्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ ।

दाँतको दुखाइ अनुभव भएमा तुरुन्त राहत पाउनाका लागि ल्वाङ्गको प्रयोग गर्न सकिन्छ । २–३ वटा ल्वाङलाई दाँतमा भएको दुखाइको ठाउँमा राख्न सकिन्छ । ल्वाङ्गमा हुने जीवाणुरोधी, एन्टी(इन्फ्लेमेटरी, एन्टीआक्सीडेन्ट, र एनेस्थेटिक गुणहरूले दाँतको दुखाइलाई तुरुन्तै ठीक गर्दछ । ल्वाङ्गको साटो यसको तेललाई दाँत र गिजामा प्रयोग गर्न सकिन्छ ।

संवेदनशील गिजाको दुखाईलाई शान्त पार्न पुदिनाको चिया एक प्रभावकारी घरेलु उपचार हो । पुदिना चियाको टीब्यागलाई ५ मिनेट मन तातो पानीमा राखेर चिसो हुन दिनुहोस् । थोरै तातो भएको बेलामा प्रभावित भएको ठाउँमा लगाउनु पर्छ ।