Rumpum Advertisement

सरकार निजी क्षेत्रसँगै सहकार्य गरेर अगाडि बढ्छ : अर्थमन्त्री पौडेल

Neuro
सरकार निजी क्षेत्रसँगै सहकार्य गरेर अगाडि बढ्छ : अर्थमन्त्री पौडेल

काठमाडौं, १४ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी नै सरकारले काम गरेको बताएका छन् ।

आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले देशको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएकाले सरकार निजी क्षेत्रसँगै सहकार्य गरेर अगाडि बढ्ने बताए ।

उत्पादन, रोजगारी र देशको समृद्धिमा निजी क्षेत्रको धेरै ठूलो भूमिका भएको र त्यसलाई सरकारले राम्रोसँग बुझेको पनि स्पष्ट पारे । पछिल्लो समय कोरोना संक्रमणको जोखिमका कारण निजी क्षेत्र र सरकार दुवै अप्ठेरो अवस्थामा परेको र दुवैले मिलेर समस्याको समाधान गर्न गर्नुपर्नेमा उनले जोड दिए ।

निजी क्षेत्रका जायज मागहरूलाई सरकारले सुन्ने र समाधानका लागि सरकार तयार रहेको बताए । उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकारले विषयवस्तुमा आधारित रहेर छलफल चलाउने पनि अर्थमन्त्री पौडलले स्पष्ट पारे ।

उद्योगी व्यवसायीहरुले भने चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएका कार्यक्रमहरूको कार्यान्वयन छिटो गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।