Rumpum Advertisement

नेकपा एक ढिक्का हुनेमा नेता खनाल ढुक्क

Neuro
नेकपा एक ढिक्का हुनेमा नेता खनाल ढुक्क

इलाम, १४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा आफू ढुक्क रहेको बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले यस्तो बताएका हुन् ।

पार्टी एक जुट बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उनले पछिल्लो समय नेकपाभित्र अन्तरसङ्घर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गरेका हुन् ।

उनले भने, ‘पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन् तर आन्तरिक समस्या हल गर्नका लागि छलफल मात्र भएको हो । अन्तर्संघर्षले पार्टीलाई अझ मजबुत बनाउँछ भन्ने बुझ्नुपर्छ ।’

उनले पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनसमेत आफूहरू अध्ययनमा रहेको बताए ।

उनले प्रतिवेदन अध्ययनपछि अझ नयाँ ढङ्गले पार्टी एकता हुने विश्वास आफूले गरेको जिकिर गरे । रासस