Rumpum Advertisement

उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूद्वारा सपथग्रहण

Neuro
उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूद्वारा सपथग्रहण

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरूले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । गोल्छालाई निवर्तमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको सपथ गराए ।

अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल तथा उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको ग्रहण गराएका थिए ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न ५४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानः रहेको छ । गोल्छा साढे ३ वर्षअघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकालसहित उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र संघाइत आइतबार सम्पन्न निर्वाचनबाट निर्वाचित भएका थिए ।