Rumpum Advertisement

कोशी र गढीका विद्यालय सुचारु

कोशी र गढीका विद्यालय सुचारु

इनरुवा, १४ मंसिर । सुनसरीको कोशी र गढी गाउँपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालनमा आएका छन् । कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको विद्यालयहरू एकसाथ सञ्चालनमा आएका हुन् ।

दुवै पालिकाको विद्यालयमा कक्षा १ देखि १० सम्मको अध्ययन अध्यापन सुरु भएको सम्बन्धित शिक्षा शाखाले जनाएको छ ।

कोशी गाउँपालिकामा मंसिर ८ गतेको गाउँपालिकाको कार्यापालिका बैठकले र गढीमा १० गतेको बैठकले गरेको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा सरकारको मापदण्ड र निर्देशिकाबमोजिम अध्ययन अध्यापन सुरु भएको हो ।

आइतबारदेखि विगत ९ महिनादेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरू उत्साहित भएका छन् ।

यहाँका सामुदायिक विद्यालयहरू क्वारेन्टिन र आइसोलेशनका लागि समेत प्रयोग भएकोमा त्यसलाई समेत पूर्ण सरसफाइ गरी विद्यालयहरूलाई निःसंक्रमण गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन सुरु गरेको जनाएको छ ।