birat ribon

महिनावारीमा महिलालाई बिदा : विभेद कि सम्मान ?

Neuro
महिनावारीमा महिलालाई बिदा : विभेद कि सम्मान ?

विराटगनर, १४ मंसिर । साधारणतया महिनावारी १२ देखि १५ वर्षका उमेरमा सुरु हुन्छ । महिनावारी भनेको शारीरिक परिवर्तमध्ये एक परिवर्तन हो । यो महिलाहरुको शरीरमा भएको हर्मोनको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

वास्तवमा महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनुले महिलालाई हरेक महिना गर्भवती हुन तयार रहेको संकेत गर्छ । तर, समाजमा प्रचलित धेरै अन्धविश्वासका कारणले महिनावारी भएका महिलालाई विभेद गरिन्छ । बन्देज र निषेध गर्ने व्यवहार संसारभर कुनै न कुनै रुपमा छ । यस्ता व्यवहारमा मानिसको आस्था र परम्परा जोडिएका छन् ।

cura insider

यी सबै अवस्थाका वावजुद, समाजले महिनावारी एक प्राकृतिक प्रक्रिया हो भनी बुझ्दै गएको छ । संसारका धेरै देशले महिनावारी भएको अवस्थामा बिदा दिने व्यवस्थाका लागि उचित पहल गर्नुका साथै केही देशले बिदाको व्यवस्था गरेका छन् । हाल नेपाल सरकारले पनि महिनावारीका समयमा महिलाहरुलाई तीन दिनको बिदा दिने सम्बन्धमा विधेयक दर्ता गराएको छ ।

जापानमा बिदा

सचिमी मोचीजुकीले जापानमा दुई दशकदेखि काम गरिरहेकी छिन् । तर उनले महिनावारी भएको बेलामा एक दिन पनि बिदा लिएकी छैनन् । उनी एक भाग्यमानी महिला हुन्, जसका लागि महिनावारी एक ठूला समस्या भएको छैन ।

जापानमा महिनावारी भएको समयमा बिदा लिने व्यवस्था हुँदाहुँदै पनि मोचिजुकीले बिदा लिएनन् । यसको प्रमुख कारण उनी काम गर्ने कम्पनीमा उनको म्यानेजर पुरुष थिए र यसका बारेमा उनी खुलेर कुरा गर्न चाहँदिन थिइन् । ‘यो अति गोपनीय कुरा हो, विशेषगरी जापानमा यसको बारेमा कुरा गर्न अनुचित जस्तै हुन्छ । हामी यसको बारेमा पुरुषहरुसँग कुरा गर्न चाहँदैनौ,’ मोचीजुकीले भनिन् ।

जापानमा महिनावारी भएको समयमा बिदा दिने व्यवस्था ७० वर्षअघि भएको थियो । तर एशियामा यस्तो नीति भएको देश जापानमात्र छैन । साउथ कोरियाले सन् १९५३ मा महिनावारी बिदा दिने व्यवस्था स्वीकार गरेको थियो । चीन र भारतका राज्यहरुले पनि महिलाहरुलाई महिनावारी अवधिमा बिदा दिने नीति लिएका छन् ।

संसारको अर्को कुनामा देखिने दृश्य अलिक फरक दखिन्छ । अमेरिका, बेलायत र युरोपमा महिनावारी अवधिमा बिदा दिने व्यवस्था छैन । केही देशहरुमा महिनावारी अवधिमा बिदा दिने व्यवस्था गरिएको छ । तर जब उक्त व्यवस्थाको प्रयोग गर्ने विषय अगाडि आउँछन्, महिला अधिकारवादीहरु विभाजित हुन्छन् ।

विशेष नीतिले महिलाहरुलाई बलियो बनाएको छ वा पुरुषभन्दा कमजोर बनाइरहेको छ भनी विचार गरिरहेका छन् । उनीहरुको तर्क छ ‘महिला आफैंमा कमजोर देखिन्छ, जसले गर्दा महिलामाथि भेदभाव हुन सक्छ ।’

नीति कार्यान्वयनमा कमी

जापानले श्रमजीवि वर्गको अधिकारलाई विशेष ध्यान दिँदै १९४७ मा महिनावारी बिदाको नीति कार्यान्वयन ल्याइएको थियो । महिनावारी अवधिमा हुने पीडा, सरसफाइमा हुने कमी, कामको बोझले ल्याउन सक्ने कठिनाइबाट बच्नका लागि एक दशकसम्म यस नीतिलाई व्यवहारमा उतारियो ।

जापानले दोश्रो विश्वयुद्धमा हार व्यहोरेपश्चात पुरानो श्रम नीतिलाई हटाई नयाँ श्रम नीति लेख्ने कार्य गरियो, जसमा ‘विशेष कठिनाइ’ भएका महिलाहरुलाई मात्र बिदा दिनेबारेमा थियो । १९६५ मा लगभग २६ प्रतिशत कामदार महिलाहरुले महिनावारीको अवधिमा बिदा लिएको जानकारी आएको थियो ।

विश्वभरका महिलाहरुमा पीडाको अनुभव फरक हुन सक्ला तर यसबाट हुने पीडाले दैनिकी कामहरुमा धेरै ठूलो अवरोध ल्याउन सक्दछ । समय बित्दै जाँदा बिदा लिने महिलाहरुको संख्यामा उल्लेख्यरुपमा कमी हुन थाल्यो । २०१७ मा जापान सरकारले गरको एक सर्वेअनुसार, ०.९ प्रतिशत कामदार महिलाहरुले मात्र महिनावारी बिदाको लागि अनुरोध गरेका थिए ।

साउथ कोरियामा पनि महिनावारी बिदा लिने महिलाहरुको संख्यामा कमी आएको छ । २०१३ मा गरिएको सर्वेअनुसार २३.६ प्रतिशत महिलाहरुले बिदाको उपयोग गरेका थिए । तर २०१७ मा आइपुग्दा यसरी बिदा लिने महिलाहरुको संख्या १९.७ प्रतिशत मात्र रहेको थियो ।

बिदा लिने संख्यामा कमी आउनका केही कारणहरु छन् । जापानमा भएका कम्पनीले महिनावारी अवधिमा बिदाका लागि अनुरोध गरे सो बिदा स्वीकृत गर्नुपर्ने हुन्छ । तर कम्पनीहरुले सो बिदाको तलब दिन अनिवार्य हुँदैन ।

साउथ कोरिया र जापानमा महिनावारीको अवधिमा बिदा नलिने प्रमुख कारण त्यहाँ चलिआएको परम्परा नै हो । आर्थिक सहयोग र विकास संगठनमा कार्यरत कर्मचारीहरुलाई लिंगको आधारमा असमान ज्याला निर्धारण गरिएको छ । महिलाहरु गर्भवती भएको अवस्थामा जागिर छोड्नका लागि बाध्य बनाइन्छ । जापानको कानुनले महिलामाथि विवेध गर्न छुट दिँदैन । यस्ता कार्यहरुलाई गैरकानुनी मानिन्छ ।

पश्चिमी मुलुकमा के छ व्यवस्था ?

पश्चिमी मुलुकहरुले महिनावारीमा बिदा दिने व्यवस्था गरेका छैनन् । महिनावारी बिदा दिने निर्णय ‘पतिृसत्तात्मक विचार र अर्थहीन’ प्रस्ताव भएको पश्चिमा देशहरुको तर्क छ ।

भिक्टोरियन महिला संगठन नामक अष्ट्रेलियन पैरवी समूहले २०१७ मा आफ्ना कर्मचारीहरुका लागि महिनावारी बिदाको नीति प्रस्तुत गरेको थियो । तर आलोचना भयो ।

गतवर्ष नेदरल्यान्डमा महिलाहरुले ३२,७४८ जनाको बीचमा एउटा सर्वे गरेका थिए, जसको रिपोर्ट ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित गरेका थियो । सर्वेअनुसार १४ प्रतिशत महिलाहरुले महिनावारी हुँदा आफ्नो कामबाट बिदा लिएका थिए ।

बिदा लिएका २० प्रतिशत महिलाहरुले मात्र वास्तविक कारण खोलेका थिए भने अरुले बिरामी भएको कारण देखाएका थिए । सर्वेमा संलग्न भएका ६८ प्रतिशतले महिनावारी अवधिमा पनि काममा सहज भएको प्रतिक्रिया दिएका थिए ।

(सीएनएनको सहयोगमा)

jackson ribon