Rumpum Advertisement

भोगटे खानुका यस्ता छन् फाइदा

भोगटे खानुका यस्ता छन् फाइदा

विराटनगर, १४ मंसिर । तिहार र छठको चाडपछि र जाडोको समयमा भोगटे साँधेर खाने चलन छ ।

विशेष गरी भिटामिन सी र पोटेसियम धनी हुने भोगटेमा अन्य धेरै भिटामिन, खनिजका साथै प्रोटिन र फाइबर पनि प्रशस्त मात्रामा पाइने हुन्छ । भोगटेमा पाइने फाइबरले खाना पचाउन सहयोग गर्नुका साथै पेट सफा गर्न, कब्जियतको समस्या समाधान गरी समग्र स्वास्थ्य प्रबद्र्धन गर्न मद्दत गर्छ ।

भोगटे आकारमा ठूलो भए पनि यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ । यसले लामो समयसम्मका लागि पेट भरेको जस्तो महसुस गराउने हुँदा तौल कम गर्न पनि मद्दत पुर्‍याउँछ । भोगटेको सेवनले प्रतिरोधात्मक शक्ति विकास गर्न, हड्डीको घनत्वमा सुधार ल्याउन, मस्तिष्क स्वास्थ्यको सुधार गर्न, छालाको समस्या हटाएर वुढ्यौलीको असर कम गर्न, मुटको समस्या हटाएर स्वास्थ बनाउन, रक्तचाप नियन्त्रण र केही पुरानो रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ ।

एन्टिअक्सिडेन्टले भरिएको भोगटेले फ्रि रेडिकलको कारण हुने सेलुलर क्षतिलाई रोक्न र रिभर्स गर्न मद्दत गर्छ । उच्च कोलेस्ट्रोलको औषधि सेवन गरेकाले भने भोगटेको सेवन गर्दा ध्यान पुर्‍याउनु पर्ने हुन्छ । भोगटेको खोल र पातबाट निकालिएको तत्वले क्यान्सर कोष मार्न र टेस्ट–ट्यूब अध्ययनमा क्यान्सरको प्रसार रोक्न सक्ने देखाएको थियो । तर, फलले क्यान्सरलाई कसरी असर गर्छ भनेर बुझ्न मानवमा थप अनुसन्धान आवश्यक छ ।