Rumpum Advertisement

फोकनका चार नयाँ मोडलका गाडी नेपाली बजारमा

Neuro
फोकनका चार नयाँ मोडलका गाडी नेपाली बजारमा

विराटनगर, १४ मंसिर । फोकन मोटरका नयाँ चार मोडलका गाडी नेपाली बजारमा भित्रिएको छ ।

एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोकनको नयाँ पिकअप टुनल्यान्ड ई, १९ सिटे र १६ सिटे भ्यू सीएस२एल र १५ सिटे भ्यूसीएस टु भ्यान नेपाली बजार भित्र्याएको हो ।

फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाइड ५ स्पिड म्यानुअल ट्रान्समिसन भएको डिजेल इन्जिन छ । जसले ३६ सय आरपीएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६ सयदेखि २४ सय आरपीएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्छ । नेपाली बजारमा टुनल्यान्ड ईको मूल्य ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

टुनल्यान्ड ईसँगै १९ सिट क्षमताको भ्यान पनि बिक्रीका लागि सार्वजनिक भएको छ । यसमा रहेको २.८ लिटरको कमिन्स इन्जिनले ३६ सय आरपीएममा अधिकतम ११० किलोवाट पावर र ३ हजार आरपीएममा ३३० एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ भ्यू सीएसमा पावर स्टेयरिङ, पावर विन्डो, एयर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि यसको मूल्य ७२ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

फोटोनको ‘भ्यू सी२’ माइक्रोबस नेपाल केही समयपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ । उक्त माइक्रोबस फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले नेपाल ल्याउने भएको हो ।

कम्पनीले ल्याउने नयाँ माइक्रोबसको मूल्य ४० देखि ५० लाखको बीचमा मूल्य कायम हुने बताएको छ । अहिले नेपाल ल्याउने प्रक्रियामा रहेको उक्त माइक्रोबसको मूल्य भने केही दिनपछि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । फोकनको सातवटै प्रदेशमा सर्भिस सेन्टर रहेकाले गाडीमा कुनै समस्या तत्काल सामधान गर्ने कम्पनीले जनाएकको छ ।