Rumpum Advertisement

शीर्षताको खोजीमा चेल्सी र टोटनह्याम

Neuro
शीर्षताको खोजीमा चेल्सी र टोटनह्याम

विराटनगर, १४ मंसिर । इंग्लिस प्रिमियर लिगमा आज चेल्सी र टोटनह्याम हटस्पर भिड्दैछन् । नेपाली समयानुसार राति १०ः१५ बजेबाट सुरु हुने यो खेल चेल्सीको मैदानमा हुनेछ ।

स्टामफोर्ड ब्रिजमा दुवै टोली शीर्षताको दाउमा छन् । हाल चेल्सी १८ अंकका साथ तेस्रो स्थानमा छ भने टोटनह्याम २० अंकका साथ दोस्रो स्थानमा छ । यी दुवैले समान ९–९ खेल खेलेका छन् ।

दस खेल खेलेको लिभरपुल भने २१ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा टोटनह्यामले जित निकालेमा ऊ २३ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिनेछ । यस्तै चेल्सीले जित निकालेमा २१ अंक बनाउँदै गोलान्तरको आधारमा शीर्ष स्थान पक्का गर्नेछ ।

चेल्सी र टोटनह्यामबाहेक आज अन्य दुई खेल हुँदैछन् । बेलुका ७ः४५ बजे म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनसँग खेल्नेछ । यो खेल साउथह्याम्पटनको मैदानमा हुनेछ । युनाइटेड १३ अंकका साथ १३औं स्थानमा छ भने साउथह्याम्पटन १७ अंकका साथ पाँचौं स्थानमा छ ।

यस्तै राति १ बजे आर्सनल र वुल्भसले खेल्दैछन् । यो खेल आर्सनलको मैदानमा हुनेछ । आर्सनल १३ अंकका साथ १४औं स्थानमा छ भने वुल्भस १४ अंकका साथ दसौं स्थानमा छ ।