Rumpum Advertisement

घरमै गर्न सकिन्छ खोकीको प्रभावकारी उपचार

Neuro
घरमै गर्न सकिन्छ खोकीको प्रभावकारी उपचार

विराटनगर, १४ मंसिर । खोकी लाग्नु स्वास्थ्यको लागि हानिकारक हुँदैन ।

खोकी एकदम उत्तम र प्राकृतिक रिफ्लेक्स कार्य हो जसले हावाको नलीलाई खाली गर्न मद्दत गर्छ । यो सामान्यतया अस्थायी हुन्छ र घाँटीबाट अनआवश्यक कण हटेपछि निको भएर जान्छ । तर, लगातार खोकीले दैनिक काममा बाधा पु¥याउनुका साथै रातभरि सुत्न नदिन पनि सक्छ । खोकी एलर्जी निम्त्याउने कण, परागकण, धूलो, धुँवा वा प्रदूषणको कारणले हुन सक्छ । र जाडोमा अझ खराब हुने सम्भावना अधिक रहन्छ ।

घाँटी खसखस हुने तथा सामान्य खोकीसँग संघर्ष गरेकाले राहतको लागि प्राकृतिक उपचारको प्रयास गर्न सकिन्छ । खोकी निको पार्नका लागि केही घरेलु उपचार प्रभावकारी छन् । साथै, यसले सास फेर्न पनि सजिलो बनाउँदै लाने गर्छ । तर, समस्या लामो समयसम्म रहिरहेमा भने डाक्टरसँग सल्लाह लिनु उत्तम हुन्छ । खोकी लागेको बेलामा प्रयोग गर्न सकिने प्राकृतिक उपचार यस्ता छन् :

नुन र तातो पानीले कुल्ला गर्नाले घाँटीमा भएको खसखस वा घाँटीमा चिलाएको महसुस हुने समस्यालाई शान्त पार्न सक्छ र यसले फोक्सो र नाकको मार्गमा म्यूकस निर्माण कम गर्छ । १ कप मनतातो पानीमा १÷४ चम्चा नुन हालेर राहतको लागि दिनमा धेरै पटकसम्म कुल्ला गर्न सकिन्छ । साना बच्चाहरूका लागि भने यो उपाय गर्नु हुँदैन ।

पुदिनामा मेन्थोल भनिने यौगिक हुन्छ, जसले घाँटीमा हुने दुखाइ र जलनबाट राहत प्रदान गर्छ । यसबाहेक, पुदिनाले नाकमा बन्ने सिगानलाई कम गर्न मद्दत गर्छ । खोकीको समस्यालाई कम गर्ने सबैभन्दा प्रभावकारी तरिकाका लागि दिनको २ देखि ३ पटक पेपरमिन्टको चिया पिउनु हो ।

अदुवाको एन्टी–इन्फ्लेमेन्टरी गुणहरूले बायुमार्गमा हुने झिल्लीमा आराम प्रदान गर्छ जसले खोकीको समस्यालाई कम गर्न सक्छ । अदुवाको चिया, अदुवाको रसको सेवन गर्नु खोकीको उपचार गर्ने सबैभन्दा प्रभावकारी उपचारमध्ये एक हो । तर, धेरै अदुवा चियाको सेवनले पेटको दुखाइ निम्त्याउन सक्छ ।

चिसो र खोकीका लागि मह परीक्षण गरिएको घरेलु उपचार हो । यसको एन्टिअक्सिडेन्ट्स, एन्टिमाइक्रोबियल र एन्टी–इन्फ्लेमेटरी गुणले घाँटीको दुखाइलाई कम गर्न सक्छ । हालसालै गरिएको एक अध्ययनले चिसो र खोकीको उपचारका लागि औषधिभन्दा मह उत्तम हुने पत्ता लगाएको छ ।

प्रतिक्रिया

  1. मलाई खोकि लागेको १महिना हुन लागो घाटि खस खस गर्ने अनि सुख्खा खोकि लागेको छ कृपया बताई दिनुस म धेरै परिसान छु

Comments are closed.