Rumpum Advertisement

राजेश र मेलिनाको ‘सररर’ सार्वजनिक (भिडियोसहित)

Neuro
राजेश र मेलिनाको ‘सररर’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १४ मंसिर । राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ‘सररर’ सार्वजनिक भएको छ । एकतारे सविन र सरोज परियारको शब्द रहेको गीतमा गायक घिमिरेकै संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा आँचल शर्मा र मुकुन भुसाल फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा दुईको प्रेमलाई देखाइएको छ ।

गीतको म्युजिक भिडियोमा अनिता ग्वाचाको मेकअफ, प्रविन श्रेष्ठको सम्पादन तथा कलर, हरि हुमागाईं र हरिश सिंहको छायांकन देख्न सकिन्छ । गीतलाई नेप्कोम्स सर्भिस र रे प्रोपेर्तिसले निर्माण गरेको हो ।