Rumpum Advertisement

यी पाँच खानाले सामान्य रुघाखोकीसँग लड्न मद्दत गर्छ

यी पाँच खानाले सामान्य रुघाखोकीसँग लड्न मद्दत गर्छ

विराटनगर, १४ मंसिर । मौसम परिवर्तन भएसँगै प्राय सबैको घरघरमा चिसो र फ्लूको समस्या देखापर्ने हुन्छ ।

जाडोको समयमा मौसमी फ्लुसँग जोगिनका लागि रोग प्रतिरोधात्मक शक्तिलाई बढावा दिने खानाको सेवन गर्नुपर्ने हुन्छ । खानाले शरीरलाई दैनिक गतिविधि गर्नका लागि आवश्यक भिटामिन, खनिज, प्रोटिन र फाइबर प्रदान गर्छ । केही खानेकुरामा हुने एन्टिभाइरल, एन्टिब्याक्टेरियल, र एन्टी–इन्फ्लेमेटरी गुणले हामीलाई मौसमी रोगसँग लड्न मद्दत गर्छन् ।

तल दिएका यी खानाले सामान्य चिसोसँग लड्न मद्दत गर्छ :

१) मह : रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न र शरीरलाई हाइड्रेट गर्न महले महत्वपूर्ण भूमिका खेल्छ । एन्टिमाइक्रोबियल यौगिक हुने कारण महलाई एक जीवाणुरोधी तत्वको रूपमा प्रयोग गरिन्छ । महलाई रुघा, खोकी, घाँटी दुखाइ कम गर्न तथा घाउ निको पार्न प्रयोग गरिन्छ । देनिक मनतातो पानीमा मह र कागती राखेर पिएमा यसले शरीरको विषालु पदार्थलाई निष्काशन गर्ने काम गर्नुका साथै तौल घटाउनसमेत मद्दत गर्न सक्छ ।

२) जौ : जौ अर्थात् ओट्सलाई ड्राइ फ्रुट्स, बीउ, दुधलगायत अन्य स्वास्थ्यकर सामग्रीसँग मिसाउन सकिन्छ । घुलनशील फाइबरमा धनी हुने भएकाले ओट्स सामान्य चिसोमा हुने हृदयको समस्यालई सुधार गर्न र प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । ओमेगा–३ ले भरिएको ओट्सको सेवनले वाकवाकी, पेट् फुल्ने, झाडापखालालगायतका पेटको समस्या कम गर्न मद्दत गर्छ ।

३) चिकेन सुप : कुखुराको सुप पचाउन सजिलो हुनुका साथै यसमा सबै आवश्यक खनिज, भिटामिन, प्रोटिन र क्यालोरी भरिएको हुन्छ । चिकेन सुप इलेक्ट्रोलाइट्स, एमिनो एसिड सिस्टाइन र फ्लुइडहरूको समृद्ध स्रोत हो जसले ज्वरोमा राहत दिन्छ । तातो कुखुराको सुपले बन्द नाक खुलाउन र सफा गर्न प्रमुख भूमिका खेल्छ ।

४) हरियो सागसब्जी : ब्रोकाउली, पालुंगोलगायतका हरियो सागसब्जीमा धेरै मात्रामा एन्टि–ओक्सिडेन्ट हुने हुन्छ । जाडो मौसममा मौसमी तरकारीलाई थपेर विभिन्न सुप पिउनु निकै उत्तम हुन्छ । हरियो सागसब्जीको सेवनले अनावश्यक बोसो जलाउन र प्रतिरोध क्षमता बढाउन मद्दत गर्छ । भिटामिन ए, के, सी, फाइबर, र खनिजले भरिएको हुने हुँदा हरियो सागसब्जीले सामान्य चिसोबाट छिट्टै राहत प्रदान गर्छ ।

५) अदुवा : जाडोको समयमा स्वस्थ रहन तथा भाइरल संक्रमणबाट बच्न काचो अदुवा वा आफ्नो तातो सुप तथा चियामा अदुवा राखेर पिउन सकिन्छ । अदुवामा प्राकृतिक जीवाणुरोधी, एन्टिमाइक्रोबियल र क्यान्सरविरोधी गुण हुन्छ । एन्टीअक्सिडेन्टले भरिएको अदुवाले वाकवाकीको समस्यासँग लड्न मद्दत गर्छ जुन फ्लूमा देखिने सामान्य समस्या हो ।