Rumpum Advertisement

चिरञ्जीवी सापकोटाको नयाँ गीत ‘माया हे माया’ सार्वजनिक (भिडियोसहित)

चिरञ्जीवी सापकोटाको नयाँ गीत ‘माया हे माया’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १४ मंसिर । ‘चिरा पर्‍या छ’ बोलको म्युजिक भिडियोबाट लोकप्रिय बनेका मोडल तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटाको नयाँ गीत सार्वजनिक भएको छ ।

बिन्दु परियार र राज सागरको स्वरमा तयार पारिएको गीत ‘माया हे माया’ आहा टिभीमार्फत् सार्वजनिक गरिएको हो । गीतमा चिरञ्जीवी सापकोटा र सुशीला थापा फिचर्ड छन् ।

गीतमा विछोड छिको सम्झना देखाउन खोजिएको छ । मायालाई आफ्नो जीवन सम्झेर बाँच्ने जोडीहरु विछोड जीवनलाई अधुरो ठान्छ, मायालुविना आफूलाई अलपत्र सम्झन्छ भन्ने सन्देश यो गीतले बोकेको छ ।

राज सागरको संगीत र ध्रुवप्रसाद अमगाईको शब्द रहेको गीतको म्युजिक भिडियोलाई शिशिर श्रेठले निर्देशन गरेका हुन् ।