Rumpum Advertisement

आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित

Neuro
आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित

विराटनगर, १४ मंसिर । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित भएका छन् । निर्देशक आकाशले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए ।

शनिबार सम्पन्न भएको निर्वाचनको परिणामअनुसार निर्देशक अधिकारी खसेको १०१ मतमध्ये ४९ मत प्राप्त गरी वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा दोश्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । तसर्थ शेखर गोल्छा समूहबाट उम्मेदवारी दिएका निर्माता तथा निर्देशक अशोक शर्मा भने पराजित भएका छन् ।