birat ribon

गायक प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी–२’ को छायांकन पुनः सुरु

Neuro
गायक प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी–२’ को छायांकन पुनः सुरु

विराटनगर, १४ मंसिर । गायक प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी–२’ को छायांकन पुनः सुरु भएको छ ।

cura insider

नेपालमा कोरोना भाइरसको महामारी फैलनुअगाडि नै फिल्मको पोखराबाट छायांकन सुरु गरिएको थियो । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको फिल्म ‘परदेशी–२’ को छायांकन बिहीबारबाट पाल्पाको माथागढी गाउँपालिकाको विभिन्न स्थानमा भइरहेको छ ।

नारायण रायमाझीको निर्देशनमा तयार हुने फिल्म ‘परदेशी–२’ मा प्रकाश सपुत र दीलिप रायमाझीसँगै नायिका वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लुलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्देशक रायमाझीका अनुसार सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बिहीबार र शुक्रबार अभिनेता दीलिप रायमाझीको दृश्य खिचिएको थियो ।

सन् २०१५ को सुपरहिट फिल्म ‘परदेशी’को सिरिजको रूपमा रहने यो चलचित्रमा वैदेशिक रोजगारीको कथा समेटिने छ । मंसिर १७ गतेसम्म फिल्मको छायांकन पाल्पा वरपर गरिने र केही प्रतिशत छायांकन भने विदेशी भूमिमा गरिने निर्माण टिमले जनाएको छ ।

निर्देशक रायमाझी र राजेश वंशलको निर्माणमा तयार हुँदै गरेको फिल्ममा रमेश बिजीको लेखन रहेको छ ।

हुन त फिल्म २०७७ सालको दशैंलाई लक्षित गरी निर्माण कार्य सुरु गरिएको थियो तर कोरोना कहरका कारण सुटिङ बीचमै रोकिएको थियो ।

jackson ribon