Rumpum Advertisement

थिएटर सहाराको प्रस्तुति ‘दी रेड मुन’को छायांकन सुरू

थिएटर सहाराको प्रस्तुति ‘दी रेड मुन’को छायांकन सुरू

विराटनगर, १४ मंसिर । लघु चलचित्र ‘दी रेड मुन’को छायांकन सुरु गरिएको छ । शनिबार धरान–१४ स्थित पञ्चकन्या मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

चलचित्रको शुभसाइत समारोहमा संघीय सांसद जयकुमार राई र नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन र क्ल्याप गर्दै चलचित्रको शुभमुहूर्त गरेका हुन् । थिएटर सहाराको प्रस्तुति रहेको लघु चलचित्रलाई रविन श्रेष्ठले निर्देशन र नवीन मेन्याङवोले निर्माण गरेका हुन् ।

प्रेम सुब्बा, तुलसा थापा, आरोही श्रेष्ठ (बाल कलाकार), विजय सुब्बा, हिमाल दाहाल, तीर्थराज राईलगायत कलाकारहरु अभिनय रहेको ‘दी रेड मुन’ले द्वन्द्वको बेला गाउँका मानिसहरुले भोगेका पीडालाई देखाउन खोजिएको छ । त्यसै कारण पनि फिल्मको छायांकन धरानको ग्रामीण भेगमा हुने निर्माण टिमले बताएका छन् ।