Rumpum Advertisement

अनाथलयमा नायिका नन्दिता केसीको सहयोग

Neuro
अनाथलयमा नायिका नन्दिता केसीको सहयोग

विराटनगर, १४ मंसिर । अभिनेत्री नन्दिता केसीले कीर्तिपुरस्थित बी लाइफ होम र टोखाको पवित्रा समाज सेवा नेपाललाई सहयोग गरेकी छिन् । अमेरिकामा बस्दै आइरहेकी नायिका केसी तिहारगाडि नेपाल आएकी थिइन् ।

केही समय पहिले कोरोना कहरका कारण समस्यामा परेका चलचित्र प्राविधिकलाई पनि अभिनेत्री नन्दिता केसीले अमेरिकाबाटै केही सहयोग गरेकी थिइन् ।

बिहीबार अभिनेत्री नन्दिता केसीले कीर्तिपुर र टोखामा पुगेर खाद्यन्नसहित केही आर्थिक रकमसमेत सहयोग गरेकी हुन् ।

विनोद गुरुङ, बुद्ध भट्टराई, प्रिन्स पुलामीको नेतृत्व भएको यो सहयोग कार्यमा अमेरिकामा रहेका रविन भट्टराई, मनोज पौडेल, सागर ढकाल, किशोर पुलामी, भरत मगर, सिर्जना पौडेल, कविता पौडेल, सुनिशा क्षेत्री, मञ्जु क्षेत्री, अञ्जु क्षेत्री, जश्ना क्षेत्री, सीता क्षेत्री संलग्न छन् । यस्तै ड्रिमर्स ग्रुप डुयल डान्स पनि यो सहयोग जोडिएको छ ।