Rumpum Advertisement

सलकपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Neuro
सलकपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर, १४ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबहाक बसले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का ४० वर्षीय विजेस लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपु¥याएपछि बिहान ९ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । ठक्कर दिने बस र चालक झापाको कनकाई–१ का बाबुलाल मुर्मुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी ढकालले दिए ।