birat ribon

विराटनगरका संक्रमितको घरमै मृत्यु

Neuro
विराटनगरका संक्रमितको घरमै मृत्यु

विराटनगर, १४ मंसिर । कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध पुरुषको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको छ ।

cura insider

विराटनगर महानगरपालिका–९ का ७८ वर्षीय वृद्धको बिहान ८ बजेतिर होम आइसोलेसनमा ज्यान गएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेका वृद्धको पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजिटिभ आएको थियो ।

रिपोर्ट पोजिटिभ आएका वृद्धलाई घरमै होम आइसोलेसनमा राखिएको थियो । बिहान स्वास्थ्यमा अचानक समया थपिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा मृत्यु भएको जानकारी परिवारले महानगरलाई गराएको छ ।

jackson ribon