birat ribon

कोरोना संक्रमित २२ वर्षीया युवतीको मृत्यु

Neuro
कोरोना संक्रमित २२ वर्षीया युवतीको मृत्यु

विराटनगर, १४ मंसिर । कोरोना भाइरस संक्रमित २२ वर्षीया युवतीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

cura insider

महोत्तरीको बर्दिवास २ की युवतीको आइतबार बिहान २ः५० बजेतिर ज्यान गएको प्रतिष्ठानले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मृतकलाई मंसिर २ गते कोरोना पुष्टि भएको थियो । रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको जानकारी प्रतिष्ठानले दिएको छ ।

स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि भर्ना भएकी उनलाई जनकपुर सिटी अस्पतालले थप उपचार गराउन प्रतिष्ठान रेफर गरेको थियो । उनी मंसिर २ गते नै उपचारका लागि प्रतिष्ठान भर्ना भएकी हुन् ।

jackson ribon