विराटनगर, १४ मंसिर । इन्टर मिलान इटालियन सिरी ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सासुलोमाथि ३–० गोलको सहज जित निकाल्दै इन्टरले दोस्रो स्थान कब्जा गरेको हो ।
सासुलोको मैदानमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले सुरुआती अग्रता बनाएको थियो । चौथो मिनेटमा उनले गोल गरेका थिए ।
१४औं मिनेटमा सासुलोका भ्लाड चिरिचेसले आत्मघाती गोल गरेपछि पहिलो हाफभरि इन्टरले २–० गोलको अग्रता बनाए ।
६०औं मिनेटमा रोबर्टो गाग्लीआर्डिनीले गोल गर्दै इन्टरलाई सहज जित दिलाए ।
जितसँगै इन्टरले ९ खेलबाट १८ अंक जोडेको छ । सासुलो भने समान अंकका साथ तेस्रो स्थानमा छ ।