birat ribon

आत्मघाती गोलमा एथ्लेटिको विजयी

Neuro
आत्मघाती गोलमा एथ्लेटिको विजयी

विराटनगर, १४ मंसिर । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले कठिन जित आत्मसाथ गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको भ्यालेन्सियाविरुद्ध १–० गोलले विजयी भएको हो ।

भ्यालेन्सियाको मैदानमा भएको सो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७९औं मिनेटमा भ्यालेन्सियाका टोनी लाटोले आत्मघाती गोल गरेपछि एथ्लेटिको विजयी भएको हो ।

cura insider

जितसँगै दोस्रो स्थानको एथ्लेटिकोले ९ खेलबाट २३ अंक बनाएको छ । भ्यालेन्सिया भने १२ अंकका साथ ११औं स्थानमा छ । उसले ११ खेल खेलेको छ ।

jackson ribon