birat ribon

महरेजको ह्याट्रिकमा सिटीको फराकिलो जित

Neuro
महरेजको ह्याट्रिकमा सिटीको फराकिलो जित

विराटनगर, १४ मंसिर । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नेलीलाई ५–० गोलले हराएको हो ।

cura insider

सिटीको मैदानमा घरेलु टोलीलाई जिताउन रियाद महरेजले ह्याट्रिक गरे भने बेन्जामिन मेन्डी र फेरान टोरेसले समान एक–एक गोल गरे ।

खेलको छैटौं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । २२औं मिनेटमा महरेजले दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

४१औं मिनेटमा मेन्डीले गोल गरेपछि सिटीले पहिलो हाफभरि ३–० गोलको अग्रता बनाएको थियो ।

खेलको ६६औं मिनेटमा टोरेसले गोल गरे र सिटीको गोलान्तर अझ फराकिलो बनाए ।

त्यसको तीन मिनेट नबित्दै महरेजले गोल गर्दै ह्याट्रिक पूरा गरे । र, सिटीलाई ५–० गोलको फराकिलो जित दर्ता गराए ।

जितसँगै सिटीले ९ खेलबाट १५ अंक बनाएको छ । ऊ अंक तालिकाको आठौं स्थानमा छ । बर्नेली भने ५ अंकका साथ १८औं स्थानमा छ ।

jackson ribon