birat ribon

बायर्नको सहज जित

Neuro
बायर्नको सहज जित

विराटनगर, १४ मंसिर । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले भीएफबी स्टटगार्टमाथि ३–१ गोलको सहज जित दर्ता गरेको हो ।

cura insider

स्टटगार्टको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको २०औं मिनेटमा टांगुइ काउलीबालीले गोल गर्दै स्टटगार्टलाई अग्रता दिलाए ।

३८औं मिनेटमा किंग्से कोमानले गोल गर्दै बायर्नलाई बराबरीमा फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

८७औं मिनेटमा डग्लस कोस्टाले गोल गरेपछि बायर्नले ३–१ गोलको सहज जित निकालेको हो ।

जितसँगै शीर्ष स्थानको बायर्नले ९ खेलबाट २२ अंक जोडेको छ । स्टटगार्ट भने ११ अंकका साथ दसौं स्थानमा छ ।

jackson ribon