Rumpum Advertisement

डिफेन्डिङ च्याम्पियन रियल मड्रिड आफ्नै घरमा स्तब्ध

Neuro
डिफेन्डिङ च्याम्पियन रियल मड्रिड आफ्नै घरमा स्तब्ध

विराटनगर, १४ मंसिर । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल अल्भेससँग २–१ गोलले स्तब्ध भएको हो ।

रियलको मैदानमा भएको खेलमा अल्भेसलाई जिताउन लुकास पेरेज र जोसेलुले समान १–१ गोल गरे । रियलका क्यासेमिरोले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा नै अल्भेसले पेनाल्टीको मौका पाएको थियो, जसमा पेरेजले गोल गर्दै पहिलो हाफभरि पाहुना टोलीलाई अग्रता दिलाए ।

४९औं मिनेटमा जोसेलुले गोल गरेपछि अल्भेसले आफ्नो अग्रता दोब्बर बनायो । खेलको ८६औं मिनेटमा क्यासेमिरोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी बचेको समयमा गोल नहुँदा रियल आफ्नै घरमा स्तब्ध हुन पुग्यो ।

यससँगै अल्भेसले ११ खेलबाट १३ अंक जोडेको छ । अल्भेस नवौं स्थानमा छ । रियलले भने १० खेलबाट १७ अंक जोडेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ ।